प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे संख्या कटौती गर्न प्रस्ताव

काठमाडाैं | चैत २७, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे संख्या कटौती गर्न प्रस्ताव

काठमाडौँ:  राष्ट्रियसभाका सांसद खिमलाल देवकाटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० बनाउनुपर्ने बताएका हुन् ।

 

संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो ।

 

सांसद देवकाटाले भने, ‘२७५ जनाको प्रतिनिधिसभा र ५५० जनाको प्रदेशसभाको संख्या धेरै भयो, ठूलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सिमित गरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सवलीकरण र स्थायित्वमा खासै समस्या पर्दैन ।'

 

सांसद देवकोटाले काठमाडौँमा धेरैवटा निर्वाचन क्षेत्र भएको पनि बताए । उनले निर्वाचन क्षेत्र निर्धारण वैज्ञानिक बनाउन पनि सरकारसँग माग गरे ।

 

उनले भने, '१६५ वटा निर्वाचन क्षेत्रको सन्दर्भमा पनि काठमाडौंमा जुन १० वटा निर्वाचन क्षेत्र छ । त्यो चाँही धेरै भयो । र, निर्वाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन ।’

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्